अफगानिस्तानमा आतंकवादी हमलामा ६० जनाको मृत्यु

अफगानिस्तानमा आतंकवादी हमलामा ६० जनाको मृत्यु

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काबुल, कात्तिक ४ । अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन् ।

राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् ।

यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा गराइएको अर्को आक्रमणमा २१ जना मारिएका छन् । काबुलको मस्जिदमा गराइएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ ।

आक्रणमकारीले शुक्रबार हुने नियमित प्रार्थनाका लागि जम्मा भएका भक्तजनलाई लक्षित गरी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अफगानिस्तानमा यो हप्ता मस्जिदमा भएका आक्रमणमा मात्र कम्तिमा एक सय ७६ जना मारिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ