एजेन्सी , कात्तिक ३ ।
दक्षिणी भारतको तामिलनाडू राज्यमा रहेको यातायात कार्यालय भवनको छाना खस्दा आज ८ जनाको ज्यान गएको छ ।
चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा नागापट्टिनाममा रहेको तामिलनाडु राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको जनाइएको छ ।
मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका छन् । उक्त भवनको छाना आज बिहानीपख करिब साढे तीन बजे अकस्मात् खसेको थियो । त्यस समयमा ती व्यक्तिहरु सोही कार्यालयमा सुतेका थिए ।
त्यसमा परी अरु तीनजना घाइते भएका छन् । गम्भीर घाइते उनीहरुलाई भत्किएको सो भवनको भग्नावशेषबाट उद्धार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।
सो भवन किन भत्कियो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ । भारतमा यसरी भवन भत्कने घटना दोहोरिइरहेका पाइन्छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline