‘योङ्ग साइन्टिस्ट’बनिन् भारतीय मूलकी ११ वर्षीया बालिका 

‘योङ्ग साइन्टिस्ट’बनिन् भारतीय मूलकी ११ वर्षीया बालिका 

  • शुक्रबार, कार्तिक ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

वासिंटन, कात्तिक ३ । अमेरिकामा बस्दै आएकी भारतीय मूलकी ११ वर्षीया बालिका गीताञ्जली राव अमेरिकाकै योङ साइन्टिस्ट बन्न सफल भएकी छन् ।

गीताञ्जलीले पानीमा सीसाको प्रदूषण पत्ता लगाउने सस्तो र नयाँ तरिका पत्ता लगाएकी हुन् । उनले बनाएको उपकरण कार्बन नैनोट्युब्सले पानीमा सीसा भए÷नभएको पत्ता लगाउने छ ।

अब उनले विज्ञानको क्षेत्रमा आफ्नो विचार विकसित गर्न तीन महिना शीर्ष वैज्ञानिकहरुसँग बसेर अनुसन्धान गर्ने मौका पाएकी छन् । अमेरिकाका हजारौं जलसम्पदा सीसाका कारण प्रदुषित बनिरहेका बेला उनले बनाएको उपकरणले पानीमा सीसाको प्रदूषण कम गर्न सहयोग पुग्ने देखिएको छ ।

उनले पत्ता लगाएको विधिअनुसार मोबाइलमा उक्त उपकरण जडान गरी पानीमा राखेर सीसाको मात्रा पत्ता लगाइने छ । उनले सो खोज अमेरिकाको मिशिगन प्रान्तको फिलन्ट शहरमा सन् २०१५ र १६ मा भएको जल प्रदूषणबाट प्रेरित भई गरेको बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी