अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टनसँग नाम जोडिएकी मोनिका पनियौन दुर्व्यवहारबाट पिडित महिलाद्धारा सन्चालीत मी टू’ अभियानमा

अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टनसँग नाम जोडिएकी मोनिका पनियौन दुर्व्यवहारबाट पिडित महिलाद्धारा सन्चालीत मी टू’ अभियानमा

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

वासिंटन, कात्तिक २ । यौन दुर्व्यवहारमा परेका महिलाले चलाएको ‘मी टू’ अभियानमा मोनिका लेवेन्स्की पनि जोडिएकी छन् ।

मोनिका अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग प्रेमसम्बन्धका कारण चर्चामा आएकी थिइन् भने यही प्रकरण मै क्लिन्टनविरुद्ध संसदमा महाभियोगसम्मको प्रक्रिया चलेको थियो ।

क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइटहाउसमा कार्यरत २४ वर्षीया मोनिकाले निकै अपमानपूर्ण र कष्टकर अवस्था झेल्नु परेको थियो । लामो समयदेखि गुमनाम जीवन बिताइरहेकी मोनिका अहिले भने यौन उत्पीडनविरुद्ध इन्टरनेटमा चलाइएको ‘मी टू’ अभियानमा जोडिन आइपुगेकी हुन् ।

ट्वीट गर्दै अभियानमा समर्थन जनाए पनि मोनिकाले आफ्नो अनुभव भने सार्वजनिक गरेकी छैनन् ।

सन् १९९८ मा क्लिन्टनसँगको मामला सार्वजनिक भएलगत्तै मोनिकामाथि ‘चरित्रहीन’ भएको आरोपसमेत लागेको थियो । हाल मोनिका अनलाइन उत्पीडन र साइबर बुलिंग पीडितका लागि काम गरिरहेकी छन् ।

हलिउड फिल्मका निर्माता हर्वी वाइनस्टीनको सेक्स स्कैंडल सार्वजनिक भएपछि विश्वभर ‘मी टू’ अभियान चलाइएको छ ।

यूनिसेफका अनुसार संसारमा एक करोड बीस लाख महिला कुनै न कुनै रुपमा यौन दुर्व्यवहारको शिकार भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ