अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासकोउत्तर कोरियाद्वारा तीव्र विरोध

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासकोउत्तर कोरियाद्वारा तीव्र विरोध

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

प्योङयाङ, कात्तिक २ । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ ।

यी दुई देशले गत सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा यी दुई देशले सैन्य अभ्यास सुरु गरेका हुन् ।

अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाई एक किसीमले सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।

उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’का प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन् ।’

विज्ञप्तिमा उनले अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्तिभन्दा पनि युद्ध चाहेकोले यस्ता सैन्य अभ्यासजस्ता उत्तेजक व्यवहारहरु प्रदर्शन गरेका आरोप पनि लगाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ