जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन

जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

टोक्यो, जापान, ३१ असोज। 

चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ । 

यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन् । दक्षिण हमामाट्सुबाट ३० किलोमिटर टाढा पुगेपछि सम्पर्क बाहिर पुगेको थियो ।

रक्षामन्त्री इतसुनोरी ओनोडेराले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो, “विमान वेपत्ताभएपछि आकासबाट हेलिकोप्टरको भाग छुटेर आएको सुचनाका आधारमा एक उद्धार टोली प्रशान्त महासागर क्षेत्रमा पठाइएको छ ।” प्राप्त सूचना अनुसार हेलिकोप्टरबाट छुट्टिएर समूद्रको पानीमा तैरिएको हुनसक्ने केही टुक्राहरूलाई केन्द्रित गरी उद्धार टोलीले विमानको खोजी गरिरहेको उहाँले बताउनुभयो ।

एअर सेल्फ डिफेन्स फोर्सको हेलिकोप्टर सैनिक हवाई अड्डा हमामाट्सुबाट रातिको समयमा उडेको थियो भने उडेको केही समयमा नै सम्पर्क बाहिर गएको क्योदो न्यूज एजेन्सीले जनाएको छ । हमामाट्सु टोकियोदेखि २५० किलोमिटर टाढाको दूरीमा अवस्थित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ