बृद्धलाई ढोकामा झुण्ड्याइएकोबारे मनकामना प्रा.लि. भन्छ : घटना पुरानो हो तर बिवरण छैन

बृद्धलाई ढोकामा झुण्ड्याइएकोबारे मनकामना प्रा.लि. भन्छ : घटना पुरानो हो तर बिवरण छैन

  • मङ्लबार, अशोज ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ , ३१ असोज ।

मनकामना केवलकारमा बृद्ध झुण्डिएको एउटा फोटो अहिले सामाजिक सन्जालमा भाईरल भईरहेको छ । फोटोको बारेमा बिभिन्न चर्चा परिचर्चा पनि भईरहेका छन् ।
सबैले आ आफ्नै अडकलबाजि लगाईरहेका छन् । कसरी यस्तो भयो ? किन यसरी यात्रा गराईयो ?

यसैबीषयमा मिर्मिरे अनलाईले मनकामना प्रा. लि. सँग घटनाबारे बुझ्दा यो करिब ९ बर्ष अघिको घटना भएको बताएको छ ।

घटनाबारे मनकामना प्रा. लि. का डिपुटि जनरल म्यानेजर (डिजिएम) डि एन कायस्थले यो घटना बि.स. २०६५ साल तिहारतिरको भएको बताउनु भयो । सो बेला खिचिएको फोटो अहिले पुन सामाजिक सञ्जालमा राखेर सेयर गरिएपछि भाईरल बनेको उहाँले बताउनु भयो ।

सो बेला नै आफुहरुले घटनाबारे प्रस्ठ पारिसकेको पनि कायस्थले बताउनु भयो ।

तर केवलकारमा झुण्डिएका बृद्ध को हुन् । कहाँबाट आएका थिए भन्नेबारे प्रालिलाई जानकारी छैन ।

जब फोटो सार्वजनिक भयो तब मात्रै मनकामना प्रा. लि.ले थाहा पायो

२०६५ सालको तीहार तिर देउसि भैलो सुरु भईसकेको थियो । मनकामना दर्शन गर्न जानेहरुको पनि निक्कै घुईचो थियो । सोहि क्रममा अचानक बृद्ध झुण्डिएर यात्रा गरेको फोटो अफिसमा पुग्यो कायस्थले भन्नुभयो ।

तल कुरिनटारमा माथि जादा यस्तो घटना घटेको थिएन भन्ने आयो र हामिले घटनाबारे तत्काल मनकामनामा रहेका कर्मचारीलाई जवाफ माग्यो । अनिमात्रै थाहा भयो माथिबाट तल आउने क्रममा ढोका बन्द हुनै लाग्दा बृद्ध ब्याक्ति तत्काल चढेपछि ढोका लाग्यो र केवलकार उड्यो ।

कसरी भएको थियो त घटना ?

मनकामना दर्शन गरेर फर्किने क्रममा ती बृद्ध एक जना साथीसँग थिए । केबलकार चढ्न लाईनमा बसेका बेला अगाडि रहेका र त्यो साथि भित्र चढेपछि ढोका लाग्यो । ढोका बन्द भएको देखिपछि उनी अतात्तिदै भित्र चढ्न खोजे । भित्र भएका साथीले उनको हात समातिदिए तर ढोका बन्द भयो र केवलकार उड्यो ।

तर कर्मचारीले स्टेशन बाहिर गईसकेको केबलकार बन्द गरि पुन फर्काएर स्टेशनमा नै ल्याए अनी बृद्ध र उनका साथी दुबैजनालाई निकाले ।

उनीहरु सँगै जान चाहेकाले पुन: अर्को केवलकारमा चढाएर पठाए ।

कर्मचारीको चरम लापरबाहि

केवलकारमा एक बृद्धको ज्यान नै जान सक्ने सम्मको घटना घट्यो । स्टेशन छोडेर हिडिसकेको केबलकार रोकेर जोखिमपूर्ण रुपमा उनलाई उतारे र अर्कोमा चडाएर पठाए । तर ती बृद्ध को थिए ? कहाँबाट आएका थिए ? किन त्यसरी ढोका लाग्न लाग्दा लाग्दै चढे ? अनी केवलकारमा यात्रु चढाउन बसेका कर्मचारीले के हेरिरहेका थिए र त्यो घटना घट्यो भन्ने प्रश्नको जवाफ कसैसँग छैन ।

त्यतिमात्र हैन । मनकामना प्रा. लि. ले सन्चालन गरेको उक्त केवलकारमा त्यत्रो घटना घटिसकेपछि पनि माथिल्लो निकायमा जानकारी नगराई बस्नु गतिसम्मको गैरजिम्मेवारीपन हो ?
कर्मचारीले माथि जानकारी नै गराएनन् भन्ने कुरा डिजिएम डि एन कायस्थको भनाईबाट प्रष्ठ हुन्छ । उहाँले मिर्मिरे अनलाईसँगको कुराकानीमा भन्नुभयो , हामिले जब फोटो सार्वजनिक भयो अनी मात्रै थाहाँ पायौँ। मनकामनामा देउसि खेल्नेले फोटो खिचेका रहेछन् । घटनापछि फेरी ति बृद्धले पनि तल आएर कुनै उजुरी गरेनन् र कर्मचारीले पनि भनेन् ।

यतिसम्म लापरबाहि गर्ने कर्मचारी बिरुद्ध प्रा.लिले कुनै कार्वाहि गर्यो कि गरेर भन्नेबारे जानकारी पनि छैन स्रोत भन्छ ।

र ती बृद्धले पनि किन उजुरी गरेनन् त्यो पनि उनीसँगै सिमित छ । आफैले गल्ति गरेका थिए या त नजानेर त्यसरी चढे भन्नेबारेमा पनि केहि जानकारी छैन ।

त्यो घटनाबारे जानकार कर्मचारी भन्छन् , हेर्दा गाँउ बाट आएजस्ता देखिन्छ , गाडि मा जस्तो सोचेर साथी गयो भनी अतालिएर चडेकाले त्यस्तो घटना घटेको हुनसक्छ ।

घटना धेरै पुरानो भएपनि झण्डै एक दशक पुग्न लाग्दा पुन प्रचारमा आउनु र तस्वीर भाईरल हुनु तथा घटनाबारे सबै विवरण स्वयम मनकामना प्रा.लिसँग नहुनुले थुप्रैखालका आशंका जन्माउछ । तर पुरानो घटनालाई अहिले ताजा जस्तै गरेर बास्तविकता नजानि प्रचार गर्नुले झनै ठुलो समस्या निम्त्याउन सक्छ । यसतर्फ सम्बन्धीत पक्षको पनि ध्यान जानु र घटनाको सत्यतथ्य पनि बाहिर आउनु आवश्यक छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ