एजेन्सी , ३० असोज ।
अमेरीकाले युद्धको औपचारिक शुरुवात नभएसम्म उत्तर कोरियासँगको विवाद कुटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास जारी राख्ने जनाएको छ ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अमेरिकी समाचार संस्था सिएनएनसँगको अन्तरवार्ताको क्रममा पहिलो बम आक्रमण नभएसम्म वार्ता प्रयास जारी रहने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।
हाल उत्तर कोरियाविरुद्ध अन्तर्रा्ष्ट्रिय एकता देखिएको टिलरसनको दाबी छ । यसअघि गत महिना मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग वार्ताका प्रयास गरेर समय बर्बाद नगर्न टिलरसनलाई आग्रह गर्नुभएको थियो ।
अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्विपमा संयुक्त सैन्य अभ्यास शुरु गरिरहेको सन्दर्भमा टिलरसनको पछिल्लो प्रतिक्रिया आएको हो । दुई मुलुकबीचको सैन्य अभ्यासले उत्तर कोरिया सधै चीढिने गरेको छ ।