अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने सम्भावना

अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने सम्भावना

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, असोज ३० । अस्ट्रियामा भएको आम निर्वाचनमा ३१ वर्षीय सेवास्टियन कुर्जले नेतृत्व गरेको दल कन्जरभेटिभ पिपुल्स पार्टी विजयी हुने सर्वेक्षणहरुले देखाएका छन् ।

आइतबार भएको निर्वाचनमा कुर्जले नेतृत्व गरेको दल विजयी भए उनी विश्वकै सबैभन्दा कान्छो उमेरको नेता बन्नेछन् ।

कुर्जको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ ।

कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाएका छन् ।

मत सर्वेक्षणहरुले पिपल्स पार्टीले ३१ प्रतिशत भन्दा बढी मत ल्याउने देखाएका छन् ।

पूर्व विदेशमन्त्री रहेका कुर्जले सिथिल भइसकेको कन्जरभेटिभ पिपुल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पुनर्जीवन दिएका थिए ।

चुनाव प्रचारका क्रममा उहाँले आप्रवासनप्रति कडा नीति लिने बाचा गरेका थिए ।

चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग उनले गठबन्धन गर्छन या गर्दैनन भन्ने एकीन भने भएको छैन ।

फ्रिडम पार्टीका नेताहरुले कुर्जले आफ्ना नीतिहरु चोरेको भन्ने आरोप लगाएका छन् ।

दोस्रो स्थानमा सोसियल डेमोक्याटिक्स पार्टी वा चरम दक्षिणपन्थी फ्रिडम पार्टी आउँछ भन्ने अझै स्पष्ट भने भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ