एजेन्सी । बढ्दो तनावका बीच अमेरीका र दक्षिण कोरीयाले उत्तर कोरीया विरुद्ध शक्ति प्रदर्शन गर्न १६ अक्टोबर देखि १० दिन सयुक्त सैन्य अभ्यास गर्ने खबर सार्वजनिक भए पछि उत्तर कोरीयाले पुनः अर्को अन्तरमहादेशीय व्यालेष्टीक क्षेप्यास्त्र परीक्षण गर्न सक्ने बताईएको छ ।
कोरीयाको एक अखबारले सरकारी स्रोतलाई उद्धृत गर्दै यो खबर लेखेको छ ।
दक्षिण कोरीयाले स्याटेलाईट मार्फत लिएको तस्वीरमा क्षेप्यास्त्रलाई ह्यागंरमा राख्न लगिदै गरेको देखिएको खबरमा जनाईएको छ ।
यो क्षेप्यास्त्र अमेरीकाको पश्चिम तट सम्म युद्ध गर्न सक्ने खालको विकसित प्रकारको हुन सक्ने आशका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline