अफगानिस्तानमा २९ जना तालिबान लडाकू मारिए

अफगानिस्तानमा २९ जना तालिबान लडाकू मारिए

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

 

काबुल, २६ असोज । 

अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ ।

अफगानिस्तानका विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही र द्विपक्षीय भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ