नेहरुलाई एक सासदले तिम्रो तालुमा कपाल छैन काटेर चीनलाई देउ भनेपछि…..

नेहरुलाई एक सासदले तिम्रो तालुमा कपाल छैन काटेर चीनलाई देउ भनेपछि…..

  • बुधबार, अशोज २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी । अक्टोबर १९६२ मा करीब ८० हजार चीनीया सेनाको फौजले भारतको उत्तरपुर्वी ईलाका अरुणाञ्चलमा हमला शुरु गरे पछि भारतले त्यसको कठिन मुकाविला गर्न सकेन । करीब २० हजार भारतीय सेनाले प्रतिरोध गरे पनि हतियार तथा प्रविधिमा कमजोर भारतीय सेना चीनीया सेनासगँ टिक्न सकेन र नोभमेम्बर २१ १९६२ मा युद्ध विराम भयो ।

यो युद्धमा चीनले कैलाश मानसरोवर सहित करीब ७२ हजार बर्ग मिल जमिन कब्जा गर्यो भन्ने भारतको दावी छ । यद्यपि यो जमिन चीनको भएको उसको पनि दावी छ ।  यो युद्धमा पराजीत भए पछि भारतीय लोक सभामा एउटा बिशेष सत्र बोलाईएको थियो । सबै मन्त्री सासद र नेताहरु सामेल त्यस बैठकमा युद्धको समिक्षा गरिएको थियो । भारतका राजीव दिक्षितले यस घटनालाई भिडियो सन्देशको रुपमा टिप्पणी प्रस्तुत गरेका छन् ।

जस अनुसार त्यस बैठकमा विभिन्न सासदहरुले चीनले कब्जा गरेको जमिन कहिले फिर्ता हुन्छ ? भनेर प्रधानमन्त्री नेहरुलाई प्रश्न गरे पछि उनले जवाफ दिदै भनेका कि अरे किन जमिनको कुरा गर्नु हुन्छ , त्यो एउटा घासको सिन्का पनि नउम्रिने जमिन थियो । गयो त जान दिनुस् ।  नेहरुको यो जवाफ सुने पछि सासद महावीर शास्त्रीले त्यो जमिनमा एउटै घासँ उम्रिदैन थियो त्यो चीनले लग्यो के भयो त भन्ने हो भने तपाईको टाउकोमा पनि एउटै कपाल छैन , तपाईको टाउको पनि काटेर चीनलाई दिनुस् भने पछि सासदमा हंगामा भएको थियो । सासहरु नेहरुसगँ निकै रिसाएका थिए । हुन पनि त्यस बेला नेहरुको टाउकोमा कपाल थिएन । उनी तालु खुईले थिए ।

साथ साथै त्यस बेलाका रक्षा मन्त्री विके कृष्ण मेनन् पनि विदेश घुम्ने मोजमस्ती गर्ने , सेनाको खर्च कटाउने, सेना घटाउने, र सेनाको हतियार कारखानामा माटोको चिया पिउने कप बनाउन आदेश दिने जस्ता काम गरेको आरोप दिक्षितको छ । युट्युवबाट साभार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ