नयाँ प्रतिवन्ध लगाउने अमेरिकी निर्णयको इरानद्वारा आलोचना

नयाँ प्रतिवन्ध लगाउने अमेरिकी निर्णयको इरानद्वारा आलोचना

  • सोमवार, अशोज २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

तेहरान, इरान।  इरानको इश्लामिक रिभोलुसन गार्ड कर्प (आइआरजिसी)ले यदि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिवन्ध लगाउने हो भने यसको नराम्रो असर वासिङ्टनलाई पर्ने चेतावनी दिएको छ । आइआरजिसी कमाण्डरलाई उद्धृत गर्दै आइतबार इरानी राज्य सञ्चालित समाचार संस्थाले यदि इरानमाथि नयाँ प्रतिबन्ध लगाउने हो भने उनीहरूले अमेरिकी क्षेत्रीय सैन्य आधार शिविरलाई इरानी क्षेप्यास्त्रले नभेट्ने स्थानमा स्थानान्तरण गर्नुपर्नेछ ।

जफारीले अमेरिकी सरकारलाई चेतावनी दिँदै भनेको छ इरानमाथि नयाँ प्रतिबन्ध लगाउनु अमेरिकाका लागि खतरनाक परिणामको सामना गर्नुतुल्य हुन्छ ।

अमेरिकी प्रशासनको इरानसँग अमेरिका लगायत विश्व शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौताबाट फिर्ता आउने सम्भावित अमेरिकी एकतर्फी निर्णय उसकै हितविपरित हुने इरानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ