मिनीबस र ट्रक दुर्घटनामा १२ जनाको मृत्यु,११ घाइते

मिनीबस र ट्रक दुर्घटनामा १२ जनाको मृत्यु,११ घाइते

  • बुधबार, अशोज ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ , ११ असोज ।

मिनीबस र ट्रक दुर्घटनामा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका जनाइएको छ । 

मध्य चीनको एक राजमार्गमा एउटा ट्रकले अर्को लेन र विपरीत दिशाबाट लस्करै आइरहेका तीनवटा मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । राजधानी बेइजिङ्ग र औद्योगिक महानगरी जोडिने लामो राजमार्गमा पर्ने हेनान प्रान्तस्थित जिनजियाङ्गमा मङ्गबार बिहान सो दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । साथै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ