एजेन्सी । अमेरकिाको नेतृत्वमा दक्षिण कोरीया र उत्तर कोरीयाबीच करीब युद्धको स्थिति देखा परेको छ । यो युद्ध कति भयानक हुन्छ भन्ने कुराको अहिले अनुमान पनि गर्न सकिएको छैन ।
एकातिर अमेरीकी नेभी सिल कमाण्डोले उत्तर कोरीयाका राष्ट्रपति किम जोगं उनको हत्या गर्ने तयारी गरीरहेको टिप्पणी हुन थालेको छ भने अर्को तिर उत्तर कोरीयाले युद्ध शुरु भएको २४ घण्टा भित्र दक्षिण कोरीयाको राजधानी सियोललाई विनाश गर्ने गरी पश्चिम समुन्द्री तटमा मिसाईल र आर्टिलरी हतियार तयार गरीरहेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिण कोरीया पूर्णत अमेरीकामा निर्भर रहेको छ भने उत्तर कोरीयाले घरेलु रुपमै आणविक तथा हाईड्रोजन बम बनाईसकेको छ ।
युद्ध हुनु हुदैन भन्ने चौतर्फी दवावका बीच अमेरीका र दक्षिण कोरीयाले जारी राखेको सैन्य अभ्यास र उत्तर कोरीयाको आणविक परीक्षणका कारण युद्ध भएमा लाखौं मानिसले अनाहकमा ज्यान गमाउनु पर्ने खतरा बढ्दै गएको छ ।