चान्सलर मार्केल चौथो कार्यकालका लागि निर्वाचित

चान्सलर मार्केल चौथो कार्यकालका लागि निर्वाचित

  • सोमवार, अशोज ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 

बर्लिन, ९ असोज   । जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित हुनुभएको छ ।

तर उहाँको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको बताइएको छ ।
उहाँले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्काे राजनीतिक दलको सहयोग चाहिने छ ।

प्राप्त समाचारहरुका अनुसार उहाँको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ । त्यसपछि दोस्रो ठूलो दलकारुपमा मत ल्याउने अर्काे दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ ।

विश्लेषकहरुले उहाँको दलले गएको करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन् ।

तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेको छ । त्यसैले मार्केलले सरकार गठनका लागि अर्काे दलको सहायता लिनुपर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ