इरानले र्गयो मध्य दुरीको नयाँ क्षेप्यास्त्र परीक्षण

इरानले र्गयो मध्य दुरीको नयाँ क्षेप्यास्त्र परीक्षण

  • शनिबार, अशोज ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी , ७ असोज ।
अमेरीकाको दबाबका बाबजुत इरानले मध्य दुरीको नयाँ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बाबजुद इरानले क्षेप्यास्त्र परीक्षणको दाबी गरेको हो । परीक्षण गरिएको खोरमशार क्षेप्यास्त्रले २ हजार किलोमिटरको दुरीसम्म मार हान्न सक्ने स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
यद्यपी, परिक्षणको समय बारे स्पष्ट पारिएको छैन । इरानले सो क्षेप्यास्त्र सैन्य परेडका क्रममा हिजो प्रर्दशन गरेको थियो ।

यसअघि, इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो देशको रक्षाका लागि सैन्य शक्ति वृद्धि गर्ने अभिव्यक्ति दिनुभएको थियो ।
यस्तै,संयुक्तराष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको क्षेप्यास्त्र परिक्षण र सन् २०१५ मा भएको परमाणु सम्झौताका बारेमा आलोचना गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ