ट्रम्पद्धारा उत्तर कोरिया माथि नयाँ प्रतिबन्ध लगाउने आदेश जारी

ट्रम्पद्धारा उत्तर कोरिया माथि नयाँ प्रतिबन्ध लगाउने आदेश जारी

  • शुक्रबार, अशोज ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, असोज ६ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन आदेश जारी गर्नु भएको छ ।

राष्ट्रपति ट्रम्पको आदेशसँगै अब अमेरिकी राज्यकोष विभागले उत्तर कोरियासँग व्यावसायिक सम्बन्ध भएका आर्थिक संस्थान तथा कम्पनीमाथि कारवाही गर्ने अधिकार पाएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको केन्द्रीय बैंकले अन्य चिनियाँ बैंकलाई उत्तर कोरियासँगको कारोबार रोक्न निर्देशन दिएको जानकारी पनि अमेरिकी राष्ट्रपति ट्रम्पले दिनु भएको विविसीले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघले दुई साता अघि मात्र उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर नयाँ प्रतिबन्ध लगाएको थियो ।

नयाँ प्रतिबन्ध घोषणा गर्दै राष्ट्रपति ट्रम्पले मानवताका लागि सबैभन्दा खतरनाक हतियार विकसित गरेकाले उत्तर कोरियालाई जुन स्रोतबाट आर्थिक सहयोग हुँदै आएको छ त्यसलाई रोक्नका लागि यो कदम चालिएको बताउनु भयो ।

परमाणु हतियार र क्षेप्यास्त्र सम्बन्धी कार्यक्रमका लागि लगानी जुटाउन उत्तर कोरियाले लामो समयदेखि अन्तर्रा्ष्ट्रिय आर्थिक प्रणाली दुरुपयोग गरेको राष्ट्रपति ट्रम्पको भनाई रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ