डुङगा डुब्दा लिवियामा एक सय जना बेपत्ता

डुङगा डुब्दा लिवियामा एक सय जना बेपत्ता

  • बिहिबार, अशोज ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

त्रिपोली, ५ असोज  । 

लिवियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जना भन्दा बढी यात्रु बेपत्ता भएका छन् ।
उद्धारकर्ताहरुले बुधबार सात जनालाई जिवितै उद्धार गरेको लिवियन नौसेनाले बिहीबार जनाएको छ ।
शरणार्थीहरू जम्मा हुने केन्द्रको रूपमा रहेको सब्रथा भन्ने ठाँउमा डुङ्गा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।
गत हप्ता पनि तटरक्षकहरूले तीन हजार भन्दा बढी आप्रवासीलाई उद्धार गरेका थिए । उनीहरुलाई तटरक्षकले उद्धारपछि युरोपतिर तारिदिएका थिए भने अरु दुई हजार जनालाई इटलीमा पु¥याइएको थियो ।
लिवियाबाट एक हप्तामै यति धेरै बाहिरिएको संभवतः पहिलो पटक भएको समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ