मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० जनाको मृत्यु

मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० जनाको मृत्यु

  • बुधबार, अशोज ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी , असोज ४ ।
मेक्सिकोमा गएको शक्तिशाली भुकम्पमा परि १५० जनाको मृत्यु भएको छ ।
श ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पमा परी दर्जनौ घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पले सबैभन्दा बढी मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका घर ध्वस्त भएका छन् । जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।
उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको जिवितै उद्धारको प्रयास गरिरहेका छन् ।


भूकम्पका कारण क्षति पुगेपछि मेक्सिको शहरको विमानस्थानको सेवा स्थगित गरिएको छ भने शहरका सयौं भवनबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएका छन् ।
राजधानीका करिब २० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ ।

३२ वर्षअघि १० हजार मानिसको मृत्यु हुने गरी गएको भूकम्पको सम्झनामा सयौं सहभागी भइरहेका बेला यो भूकम्प गएको हो ।

मेक्सिको भूकम्प गइरहने मुलुकमा पर्दछ । गत महिना दक्षिणी क्षेत्रमा गएको ८ दशमलव १ म्याग्नेच्यूडको भूकम्पका कारण कम्तिमा ९० जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ