सुचीले भनिन् , रोहिंग्या संकटबारे अन्तर्रा्ष्ट्रिय टिप्पणीबाट त्रसित छैनौं

सुचीले भनिन् , रोहिंग्या संकटबारे अन्तर्रा्ष्ट्रिय टिप्पणीबाट त्रसित छैनौं

  • मङ्लबार, अशोज ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं ,३ भदौ ।
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीले रोहिंग्या संकटलाई लिएर अन्तर्रा्ष्ट्रिय रुपमा भइरहेको टिप्पणीबाट आफ्नो सरकार त्रसित नहुने बताउनुभएको छ ।

राखिन राज्यमा हिंसा शुरु भएयता पहिलो पटक सम्बोधन गर्दै नेतृ सूचीले द्वन्द्वमा परेका सर्वसाधारणप्रति गहिरो सहानुभूती रहेको उल्लेख गर्नुभयो ।

उहाँले सो समस्याको दिगो समाधान खोज्न प्रतिबद्ध रहेको समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको न्यूयोर्कमा हुने राष्ट्रसंघीय महासभामा सहभागि नहुने निर्णय गरेकी सूचीले संसदमा सम्बोधन गर्दै आफ्नो सरकारले गरेको कामबारे अन्तर्रा्ष्ट्रिय समुदायमा जानकारी गराउन चाहेको बताउनुभयो ।

मानव अधिकारको उल्लंघन र गैरन्यायीक हिंसाको आफ्नो सरकारले सदैव निन्दा गर्ने सूचीको भनाई थियो । यद्यपी सम्बोधनका क्रममा सूचीले रोहिंग्याविरुद्धको सैन्य दमनबारे नबोलेको भन्दै उनको सर्वत्र आलोचना भएको छ ।

गत अगष्टमा राखिने राज्यस्थित एक प्रहरी चौकीमा आक्रमण हुँदा १२ जनाको मृत्यु भएपछि हिंसा शुरु भएको हो । सो आक्रमण नवगठित रोहिंग्या लडाकु समुहले गराएको आशंकामा सरकारी सुरक्षाफौजले कारवाही तीब्र पारेको छ । जसका कारण करिब ४ लाख रोहिंग्या भागेर बंगलादेश प्ुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ