गोहीको आक्रमणबाट मारिएका ब्रिटिस पत्रकारको शव भेटियो

गोहीको आक्रमणबाट मारिएका ब्रिटिस पत्रकारको शव भेटियो

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 

कोलोम्बो, ३० भदौ । श्रीलङ्काको प्रहरीले शुक्रबार २४ बर्षीय ब्रिटिस पत्रकारको शव फेला पारेको छ । उनी गोहीको आक्रमणबाट मारिएको आशङ्का गरिएको थियो ।

राजधानी कोलोम्बोबाट ३६० किलोमिटर पूर्वमा पर्ने तटीय सहर पानामामा बृटिश पत्रकार पाउल म्याक्लिनको मृत शरीर प्रहरीले फेला पारेका थिए ।

प्रहरीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार पत्रकार पाउल म्याक्लिनको खुट्टामा पाँच÷छ ठाउँमा चोट लागेको थियो । ती पत्रकारको मृत शरीर माटोमा गाडिएको थियो ।

गोहीले बिहीबार अपराह्नमा नै म्याक्लिनलाई आक्रमण गरी मारेको तर उनको शव शुक्रबार मात्र फेला परेको हो– प्रहरीले भनेको छ ।

शुक्रबार पोस्ट मर्टमपछि मात्र ती पत्रकारको मृत्यु गोहीको आक्रमणबाट भएको कारण पत्ता लागेको बताइएको छ ।

ब्रिटिस सञ्चारमाध्यमहरुका अनुसार म्याक्लिन द फिनान्सिएल नामक पत्रिकामा कार्यरत थिए । उनी विदा मनाउनको लागि साथीहरुसँग श्रीलङ्कका पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ