चेतावनीको जवाफ स्वरुप उत्तर कोरियाले २४ घण्टाभित्रै जापानतर्फ फ्याँक्यो अर्को मिसाइल

चेतावनीको जवाफ स्वरुप उत्तर कोरियाले २४ घण्टाभित्रै जापानतर्फ फ्याँक्यो अर्को मिसाइल

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी , ३० भदौ ।

उत्तर कोरियाले आफ्नो राजधानी प्योंगयांगबाट पूर्वी दिशामा जापानतर्फ अर्को एक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरिया र जापानी सरकारले यसको पुष्टि गरेको हो ।

दक्षिण कोरियाको सेना अनुसार उक्त मिसाइल ७ सय ७० किलोमिटरको उचाईसम्म पुग्यो र त्यसले करिब ३ हजार ७ सय किलोमिटरको यात्रा तय गर्यो ।

जापानको एनएचके टेलिभिजनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइल स्थानीय समयानुसार बिहान ७ बजेर ५७ मिनेटमा प्रक्षेपण गरिएको हो र ७ बजेर ६ मिनेट जाँदा जापानको होकाइडोद्वीप माथिबाट यात्रा गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाले उक्त मिसाइल प्रक्षेपणको विस्तृत जानकारी संकलन गरिरहेको छ । दक्षिण कोरियाका राष्ट्रपतिले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ ।

उत्तर कोरियाले हिजो मात्र संयुक्त राष्ट्रमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको प्रस्तावलाई समर्थन गरेकोमा जापानलाई डुबाइदिने र अमेरिकालाई खरानी र अन्धकारमय बनाइदिने चेतावनी दिएका थिए ।

पछिल्लो महिना पनि उत्तर कोरियाले जापानमाथिबाट एउटा मिसाइल प्रक्षेपण गरेको थियो जसलाई जापानले आफ्ना लागि ‘अभूतपूर्व खतरा’ बताएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ