आईएसको आक्रमणमा ६० जनाको मृत्यु, दुई सय घाइते

आईएसको आक्रमणमा ६० जनाको मृत्यु, दुई सय घाइते

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बग्दाद, भदौ ३० । दक्षिणी इराकमा अतिवादी इस्लामिक संगठन ‘आईएस’ले गराएको दुई आक्रमणमा ६० जना मारिएका छन् ।

आक्रमणमा करिब दुई सय मानिस घाइते भएका छन् । धिक्वार प्रान्तको राजधानी नासीरियाको एक रेष्टुराँमा आत्मघाती आक्रमणकारीले आफैंलाई विष्फोट गराएका थिए भने अरु बन्दूकधारीले गोली प्रहार गरेका थिए ।

आक्रमणकारीले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए । भीडभाडयुक्त उक्त रेष्टुराँमा विष्फोटक पेटी बाँधेका आत्मघातीले आफैंलाई उडाएका थिए भने अरु आक्रमणकारीले ग्रिनेड र गोली प्रहार गरेका थिए ।

यसैको केही समयपछि एक सुरक्षा चेक पोष्टमा विष्फोट गराउँदा एक कार ध्वस्त भयो । मारिनेमा सात जना इरानी नागरिकसमेत परेका छन् । हमलामा ९० जना घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ