एजेन्सी, भदौ २५ । लगातार अमेरीका, जापान र दक्षिण कोरीयाको चिन्ताको विषय बन्दै गएको उत्तर कोरीयाले आफ्नो मुलुक संसारकै अपराजेय परमाणु शक्ति बनेको दावी गरेको छ ।
आईतबार उत्तर कोरीयाली अखबारहरुले उत्तर कोरीया विश्व स्तरीय सैन्य तागत बनेको र जनतालाई देशभक्ति भाव जगाई राख्न अपील गरेका छन् ।
ती अखबारहरुले उत्तरकोरीयाको बाटोमा अप्ठ्यारा चुनौती रहेको भए पनि देशको भविष्य उज्वल रहेको दावी गरिएको छ । उत्तर कोरीयाको अखबार रोडोग सिनमुनले उत्तर कोरीया अपराजेय परमाणु शक्ति बनेको पहिलो पृष्टमा समाचार लेखेको छ ।
शनिबार उत्तर कोरीयाले परमाणु हतियार सहित सैन्य शक्ति प्रदर्शन गर्दै आफ्नो ६७ औं राष्ट्रिय दिवस मनाएको छ । उत्तर कोरीयामाथि अमेरीका सहितका मुलुकको नाकाबन्दी र सैन्य कार्बाहीको धम्कीका बीच उसले अन्तरमहादेशीय क्षेप्यास्त्र, परमाणु हतियार र हाईड्रोजन बम सम्म परीक्षण गरे पछि ठूलो चिन्ता फैलिएको छ ।