कतारी राजाको वार्ता प्रस्ताव साउदीले गर्‍यो अस्वीकार ,अब के हुन्छ कतारको जवाफ ?

कतारी राजाको वार्ता प्रस्ताव साउदीले गर्‍यो अस्वीकार ,अब के हुन्छ कतारको जवाफ ?

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी , २४ भदौ । खाडी मुलुकमा देखिएको विवाद समाधानका लागि कतारी राजा शेख तामिम बिन हमाद अल थानीले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग राखेको वार्ता प्रस्तावलाई साउदी अरबले अस्वीकार गरेको छ । खाडी मुलुकमा तीन महिनादेखि जारी विवाद समाधानका लागि कतारी राजाले शुक्रबार साउदीका राजकुमारसँग टेलिफोन वार्ता गरेका थिए । सो वार्तामा दुवै पक्षले कूटनीतिक ढंगले समस्या समाधान गर्ने तदारुकता देखाएको अन्तराष्ट्रिय समाचार एजेन्सीहले जनाएका थिए ।

कतारले आफनो अवस्था स्पष्ट रुपमा सार्वजनिक नगरेसम्म कतारका अधिकारीसँग सम्वाद गर्ने कुरालाई साउदी अरबले अस्वीकार गरेको दोस्रो वक्तव्यमा उल्लेख छ । साउदीको पछिल्लो वक्तव्यमा भनिएको छ ‘कुनै पनि किसिमको संम्वादलाई साउदी अरबले स्थगीत गरेको घोषणा गरेको छ ।’

समस्या समाधानका लागि छलफल र पहल गर्न साउदीका राजकुमार मोहम्मदले विशेष प्रतिनिधि कतार पठाउने प्रस्तावलाई कतारका राजा शेख तामिमले स्वागत गरेका थिए । साउदीले कतारमाथि नाकाबन्दी लगाउने बहराईन, इजिप्ट र यूएइसँग परामर्श गरेपछि साउदीले दोस्रो वक्तव्य निकालेर वार्तालाई स्थगित गरेको हो ।

कतारका शेखले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि टेलिफोन वार्ता गरेका थिए । खाडी मुलुकमा देखिएको समस्या समाधानका लागि कुवेत, अमेरिका र फ्रान्सले मध्यस्थताको प्रयास गर्दै आएका छन् ।

साउदी अरब, बहराइन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथि कूटनीतिक समस्या सिजना गर्दै नाकाबन्दी गरेका छन् ।

कतारले आतङ्कवादी र अतिवादीलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन् । तर, उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ ।

नाकाबन्दी लगाएका देशले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन् । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेना फिर्ता पठाउनु पर्ने लगायतका माग मुख्य रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ