चीनमा विषाक्त खानाका कारण एकको मृत्यु, ३१ विद्यार्थी अस्पताल भर्ना

चीनमा विषाक्त खानाका कारण एकको मृत्यु, ३१ विद्यार्थी अस्पताल भर्ना

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

चीन, २४ भदौ । चीनको सानसी प्रान्तमा विषाक्त खानाका कारण एक विद्यार्थीको मृत्यु भएको छ भने ३१ जना अस्पताल भर्ना भएका चिनियाँ अधिकारीले शनिबार जनाएका छन् ।
झासुई जिल्लाको शिक्षा विभाग र जिआनस्थित एक बाल अस्पतालले दिएको जानकारी अनुसार शुरुर्मा विद्यालयबाट फर्केका एक छात्रले ज्वरो आएको तथा शरिर दुखेको भन्दै अस्पताल भर्ना भएपनि सोही विद्यालयका अन्य ३१ जना विद्यार्थीमा पनि

पखाला, वान्ता तथा ज्वरोको लक्षण देखिएपछि उनीहरूलाई पनि अस्पताल पु¥याइएको थियो । बुधबार भर्ना भएका बालकको विषाक्त खानाका कारण मस्तिस्कमा असर परेको अस्पतालले बताएको छ ।

विद्यालयमा चाउचाउमा मिसाइएको आलु र चनामा गन्ध आएको र सोही खाएपछि आफूहरू विरामी भएको विरामी बालक सु होजियाङ्ले बताए ।

विरामी मध्ये सातजना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्य बालबालिकाका उपचार भइरहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ