हृदयघातका कारण ७८ जना इस्लाम धर्मावलम्बीको मृत्यु

हृदयघातका कारण ७८ जना इस्लाम धर्मावलम्बीको मृत्यु

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी , भदौ २४ । साउदी अरवस्थित मक्का शहरमा हजका लागि गएका इजिप्टका ७८ जना इस्लाम धर्मावलम्बीको मृत्यु भएको छ ।

इजिप्टको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ‘हज मिशन’का प्रमुख अहमद अल अन्सारीले हृदयघातका कारण ७८ जना इजिप्टेली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।

अन्सारीले हज प्राथनाको लागि हिँडेका उनीहरुको मृत्युको प्रमुख कारण स्वास्थ्य समस्या रहेको बताए ।

इजिप्ट सरकारको अनुसार प्रत्येक वर्ष करिव ७० हजार इजिप्टेली इस्लाम धर्मावलम्बी हजकोे लागि साउदी अरव जाने गर्दछन् ।

हज इस्लाम धर्मको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल हो । मुस्लिम धर्मअनुसार जिवनमा एकपटक हज हजका लागि मक्का शहर जानुपर्ने मान्यतका कारण विश्वभरका इस्लाम धर्मावलम्बी सायदी अरव जाने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ