मेक्सिकोमा भूकम्पका कारण मृत्यु हुनेको संख्य ५६ जनाको मृत्यु

मेक्सिकोमा भूकम्पका कारण मृत्यु हुनेको संख्य ५६ जनाको मृत्यु

  • शनिबार, भदौ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी २४ भदौ ।
मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

भूकम्पका कारण कम्तिमा दुई सय जना घाइते भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्यमा बढी प्रभाव परेको छ ।

उक्त राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको सरकारी अधिकारीलाई उधृत गर्दै बिबीसीले उल्लेख गरेको छ । भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ ।

भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी राखिएको छ । यो भूकम्प मेक्सिकोमा शताब्दीकै ठूलो भूकम्प भएको बताइएको छ ।

भूकम्पका कारण ओआखाकामा सबै भन्दा बढी ४५ जनाको मृत्यु भएको राष्ट्रिय आपतकालिन कमिटीले जनाएको छ । यस्तै चियापासमा १० तथा ताबास्कोमा तीन जनाको शव भेटिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ