उत्तरकोरिया माथि इयूले पनि थप नाकाबन्दी गर्दै

उत्तरकोरिया माथि इयूले पनि थप नाकाबन्दी गर्दै

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी ,भदौ २३।
युरोपियन युनियनले पनि उत्तर कोरिया माथि थप नाकाबन्दी लगाउने तयारी गरेको जनाएको छ । उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा इयूले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने तयारी गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने विषयमा मन्त्रिपरिषदका सदस्यहरुलाई जानकारी गराएको बताउदै इयूका कूटनीतिक विभाग प्रमुख फेडरिका मोगारिनीले अब यसले छिट्टै नै पूर्णता पाउने बताउनु भयो ।

उत्तर कोरियामाथि अन्य विभिन्न देश र संघसंस्थाले पनि थप नाकाबन्दी तथा कारबाहीको घोषणागर्ने जनाएका छन् । सो आणविक परीक्षणको विरोधगर्दै आएको इयुले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्रा्ष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ