मेक्सिकोमा ८ म्याग्निच्युट भन्दा बढीको शक्तिशाली भूकम्प

मेक्सिकोमा ८ म्याग्निच्युट भन्दा बढीको शक्तिशाली भूकम्प

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी, भाद्र २३ ।
दक्षिण अमेरिकी मुलुक मेक्सिकोमा ८ म्याग्निच्युट भन्दा बढीको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरको तटीय क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पको कम्पन सयौं किलोमिटर टाढासम्म महसुश गरिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शुरुमा भुकम्पको तीब्रता ८ भनिएपनि पछि ८ दशमलव १ म्याग्निच्युट रहेको बताइएको छ । भुकम्पपछि मेक्सिको सहित छिमेकी मुलुक ग्वाटेमाला, एल सल्भाडोर, कोस्टारिका, निकारागुआ, पनामा र होन्डुरसमा सुनामीको चेतावनी जारी गरिएको छ ।

ठुलो भुकम्पपछि ५ दशमलव ७ म्याग्निच्युट सम्मका ४ वटा परकम्प गएको त्यहाको भुकम्प मापन केन्द्रले जनाएको छ । मेक्सिकोका केही स्थानमा विद्युत सेवा समेत कटौती भएको छ । स्थानिय प्रशासनले सावधान र सुरक्षित रहन आम जनतालाई आग्रह गरेको छ ।

झण्डै एक मिनेटसम्म भूकम्पले हल्लाएको र मानिसहरु भागदौड गर्दै सडकमा निस्किएको मेक्सिको सिटीका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भुकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त भइ नसकेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ