बलात्कारी बाबा राम रहिमको दरबारमा छापा, अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेल

बलात्कारी बाबा राम रहिमको दरबारमा छापा, अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेल

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सिरसा, भदौ २३ । बलात्कारमा संलग्न कथित बाबा राम रहिमको आश्रममा सुरक्षा टोलीले छापा मारेको छ । शुक्रबार बिहान सुरक्षाकर्मीको ५० टिम प्रवेश गरी छापा मार्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीको एक टिममा ६० सदस्य रहेको बताइएको छ । छापा मार्न गएको टिममा बैंकका एक सय कर्मचारी, ताला फुटाउनका लागि २२ जना लोहारसहितको टोली खटिएको छ ।

हरियाणाको सिरसास्थित ती बाबाको विशाल दरबारमा अलग अलग स्थानमा अलग अलग टोलीले छापा मार्नेछ । विशाल दायरामा रहेको उक्त दरबारमा कतै खन्नु वा भारी चीज उठाउनु परेमा डोजर तथा क्रेनको सहायता आवश्यक पर्ने भन्दै सुरक्षा टोलीले त्यस्ता यन्त्र तथा उपकरण पनि लिएर गएको छ ।

छापा मार्ने क्रममा सबै घटनाक्रमलाई भिडियोमा रेकर्ड गर्ने व्यवस्था गरिएको छ । सहरमा सुरक्षा व्यवस्थालाई कडा तुल्याउनुका साथै कर्फ्यु समेत लगाइएको छ । कथित बाबाका अनुयायीले विरोध प्रदर्शन गर्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बाबाको दरबार आसपास मिडियालाई जानसमेत रोक लगाइएको छ ।

आफ्नो आश्रममा आएका महिलालाई यौन शोषण गरेको आरोपमा उनलाई हालै अदालतले कैद सजाय तोकेको छ । दुई अलग घटनामा उनलाई १०÷१० वर्ष गरी जम्मा २० वर्ष जेल सजाय तोकिएको हो । (

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ