इथियोपियाको दक्षिणी प्रदेशमा झण्डै चार हजार कैदी जेलमुक्त

इथियोपियाको दक्षिणी प्रदेशमा झण्डै चार हजार कैदी जेलमुक्त

  • शुक्रबार, भदौ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 

अडिस अबाबा (इथियोपिया), २३ भदौ । इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा बिहीबार तीन हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ ।
आउदो सेक्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ बर्षको अवसरमा उनीहरुलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आम माफी पाउनका लागि आवश्यक सवै प्रक्रिया र मापदण्ड पुरा गरेकाले उनीहरुलाई जेलमुक्त गरिएको बताउनु भयो ।
शान्तिपूर्ण रुपमा बाच्ने कैदीको लालसा, कैदमा हुँदाको उसको व्यवहार, कैदीको पारिबारिक अवस्था, स्वास्थ्य अवस्था, कैदीलाई भएको पश्चाताप र उसको अनुशासनको अवस्था लगायतलाई हेरेर कैद माफी दिन सकिने कानुनी व्यवस्था रहेको छ ।
दक्षिणी राज्यले अबलम्बन गरे जस्तै मापदण्ड अप्नाएर अम्हारा र टीग्रा राज्यले पनि यसै हप्ताको सुरुमा केही कैदीहरुलाई जेलमुक्त गरेका थिए ।
अम्हारा क्षेत्रीय राज्यले एक हजार ९८१ जनालाई र टिग्रा राज्यले ९५७ जनालाई जेलमुक्त गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ