बलात्कारी बाबा रामरहिमको अर्को कर्तुत : ‘पहिले औषधि खुवाएर बेहोस बनाउँथे पछि गुप्ताङ्ग काटिदिन्थे’

बलात्कारी बाबा रामरहिमको अर्को कर्तुत : ‘पहिले औषधि खुवाएर बेहोस बनाउँथे पछि गुप्ताङ्ग काटिदिन्थे’

  • बुधबार, भदौ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

दुई महिला साधुको बलात्कार गरेको आरोपमा २० वर्ष जेल सजाय पाएका बलात्कारी बाबा रामरहिमको अर्को भयानक कर्तुत बाहिरीएको छ।

डेरा सचा सउदा संगठनका प्रमुख बाबा रामरहिमले डेराका पाँच सय पुरुषलाई नपुङ्सक बनाएको आरोप समेत लागेको छ। डेराका पुरुष भक्तलाई नपुङ्सक बनाएको आरोपमा अदातलमा परेको मुद्दा यतिवेला हरियाणा अदालतमा विचाराधिन छ।

उनीविरुद्ध उजुरीका लागि डेराका पूर्व भक्त हम्सराज अदालतसम्म पुगेका थिए। बाबा राम रहिमले पाँच सय पुरुष भक्तलाई नपुङ्सक बनाएको ती भक्तको आरोप छ। उनका अनुसार बाबाका कारण अहिले उनीहरुले नर्कको जीवन बताउँदै आएका छन्।

बीबीसीसँग कुराकानी गर्दै हम्सराजले भनेका छन्, ‘बाबाले साधुलाई नपुङ्सक बनाउन पहिले एक घोडामा प्रयोग गरेका थिए। घोडाको प्रयोगपछि उनले पहिले सिनियर साधु र पछि जुनियर साधुलाई नपुङ्सक बनाए। जुन काम पैतृक गाउँ गुरुसर मोडियाको अस्पतालमा भएको थियो। ‘

पहिले साधुको संख्या कम भएकाले उक्त काम गाउँको अस्पतालमा हुने गरेको थियो भने साधुको संख्या बढ्दै गएपछि अस्थायी अस्पताल बनाएर उक्त काम गरेको उनको आरोप छ।

बाबाले भगवानको सिद्धी प्राप्ति र भक्तिमार्ग मन लाग्ने भन्दै उक्त काममा दबाब दिदै आएका थिए। उनले भने, ‘साधुलाई नपुङ्सक बनाउन पहिले कालो रंगको औषधि र अमृतरस नामको शर्बत पिलाइन्थ्यो। जसका कारण साधु बेहोस हुन्थे र उनको गुप्ताङ्गको अपरेशन गरेर  नपुङ्सक बनाइन्थ्यो। ‘

उनका अनुसार नपुङ्सक बनाएका साधुलाई बाबाले आफ्ना परिवारका सदस्य र गुफाको सुरक्षाका लागि तैनाथ गर्ने गर्दथे। उनले यौन शोषण र नपुङ्सक बनाएको अरोपमा बाबामाथि फाँसीको सजाय हुनु पर्ने बताएका छन्।
 -बीबीसी-

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ