केन्यामा राष्ट्रपतीय निर्वाचन बदर, ६० दिनभित्र अर्को चुनाव गराउन अदालतको आदेश

केन्यामा राष्ट्रपतीय निर्वाचन बदर, ६० दिनभित्र अर्को चुनाव गराउन अदालतको आदेश

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, भदौ १७ । अफ्रिकी मुलुक केन्याको सर्वोच्च अदालतले गत महिना भएको राष्ट्रपतीय निर्वाचनको नतिजालाई बदर घोषित गरिदिएको छ ।

अदालतले राष्ट्रपतिको चयन गर्न ६० दिनभित्र अर्को चुनाव गर्न आदेशसमेत दिएको छ ।

त्यहाँको निर्वाचन आयोगले संवैधानिक रुपमा निर्वाचन नगराएको ठहर गर्दै ६ मध्ये ४ जना न्यायाधीशले पुन नयाँ निर्वाचन गर्न आदेश दिएका हुन् ।

यसअघि भएको निर्वाचनमा निर्वाचन आयोगले उहुरु केन्याटा विजयी भएको घोषणा गरेको थियो । केन्याटाले १४ लाख भोटको अन्तरले जित्नुभएको दाबी निर्वाचन आयोगले गरेको थियो ।

मुख्य विपक्षी गठबन्धनले गत महिना भएको निर्वाचनमा जालझेल गरिएको भन्दै निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चको फैसलापछि वरिष्ठ नेता राइला ओडिंगाको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले निर्वाचन आयोगका सदस्यहरुले केन्याली जनताविरुद्ध ठूलो अपराध गरेकाले उनीहरुलाई जेल सजाय दिनुपर्ने बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ