अमेरिकी हवाई कारबाहीमा एकै परिवारका तेह्रको मृत्यु

अमेरिकी हवाई कारबाहीमा एकै परिवारका तेह्रको मृत्यु

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 

अफगानिस्तान, १५ भदौ । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस हवाई कारबाहीमा मारिएका एकै परिवार १३ व्यक्तिहरुमा प्राय महिला र बालबालिका रहेका बताइएको छ ।

अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको यस हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको केही दिनमा नै पुनः यो घटना भएको छ ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म भएका जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ६६२ व्यक्तिको मृत्यु भएको छ भने तीन हजार ५०० घाइते भएका छन् ।

अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघका सहयोग मिसनद्वारा गत महिना प्रकाशित एक प्रतिवेदनमा सो जानकारी दिइएको छ ।

यो सङ्ख्या गत बर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि सो मिसनले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ