दोक्लाम विवादबारे यसाे भन्छ चीन , भारत प्रतिक्रियाविहीन

दोक्लाम विवादबारे यसाे भन्छ चीन , भारत प्रतिक्रियाविहीन

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बेइजिङ, भदौ १५ । भारतीय संचारमाध्यमले चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनियाँ सेनाबीचको तनाव अन्त्य भएको विषयलाई निकै बढाइ–चढाइका साथ चर्चा गरिरहेको समयमा चिनियाँ दूतावासले भारतीय सेना विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रष्ट पारेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि नहटेको प्रष्ट पार्दै अनधिकृत रुपमा विवादित क्षेत्रमा आएका भारतीय सेना फिर्ता भएका कारण तत्कालका लागि विवाद समाधान भएको बताए ।

उनले भने, ‘७३ दिनदेखिको गतिरोध भारतले आफ्ना सेना फिर्ता गरेपछि अन्त्य भएको हो, अब नयाँ दिल्लीले पाठ सिक्नु पर्दछ र भविष्यमा यस प्रकारको घटना हुनबाट रोक्नु पर्दछ ।’

उनले भारतीय संचारमाध्यममा आएको समाचारतर्फ केन्द्रीत हुँदै भने, ‘मिडियाले आफ्नो अनुमान व्यक्त गर्न सक्छन्, रिपोर्ट बनाउन सक्छन् तर हामीलाई आधिकारिक रुपमा प्राप्त जानकारी अनुसार २८ अगस्टका दिन विवादित क्षेत्रबाट भारतीय सेना हटेपछि गतिरोध अन्त्य भएको हो ।’

भारतीय विदेशमन्त्रालयले भने चिनियाँ विदेशमन्त्रालयको यो भनाइप्रति कुनै प्रतिक्रिया जनाएको छैन । तर भारतीय मिडियामा भने भारतको अडानका कारण दोक्लाम विवादबाट चीन पछि हटेको दाबीसहितका समाचार प्रकाशमा आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ