काबुल, भदौ १३ ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार जनाको मृत्युु भएको छ ।
अफगानिस्तानको जार इलाकामा भएको आत्मघाती आक्रमणमा अन्य कैयौं घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
कडा सुरक्षाको व्यवस्था रहेको आक्रमणकारीले बोकेको बम विस्फोट गराएका थिए । आक्रमण कस्ले गरायो भन्नेबारेमा केहि खुलेको छैन ।
सुरक्षाका हिसाबले अति संवेदनशिल रहेको सो क्षेत्रमा भएको हमलापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।
सो क्षेत्र बजार इलाकामा रहेको छ । उक्त क्षेत्रमा इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline