इजरायल विरोधि विभेद हटाउन राष्ट्रसङ्घका महासचिवसँग आग्रह

इजरायल विरोधि विभेद हटाउन राष्ट्रसङ्घका महासचिवसँग आग्रह

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

 

जेरुुसेलम, १२ भदौ । इजरायली राष्ट्रपति रेउभेन रिभलिनले इजरायल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग ‘इजरायल विरोधि विभेद’ अन्त्य गर्न केही प्रयास गर्न सोमबार आग्रह गर्नुभएको छ ।

विश्वको एकमात्र यहुदी राज्य इजरायलमाथि लक्षित गरी हुने गरेका काम र चेतावनीले इजरायलको अस्तित्वमाथि प्रश्न उठाइने गरेको र यो इजरायलका लागि स्वीकार्य नहुने उहाँको भनाई थियो । इजरायल विरोधि विभेद कुनै पनि मुल्यमा अन्त्यहुनुपर्ने बताउदै यसमा राष्ट्रसङ्घको पहल जरुरी रहेको राष्ट्रपति रिभलिनले महासचिव गुटेर्रेससँग जेरुसेलमा भएको भेटमा बताउनुभयो ।

राष्ट्रसङ्घको सदस्य कुनै पनि राष्ट्रले यस किसिमको विभेद गर्न नपाउने बताउँदै विभेदकारी कामले राष्ट्र–राष्ट्रबीचको सहकार्यलाई कमजोर बनाउने र यो अन्तर्राष्ट्रिय कानून विपरित भएको, उहाँले बताउनुभयो ।

उक्त भेटमा गुटेर्रसले आफ्नो कार्यकालमा इजरायलको यो मागलाई राष्ट्रसङ्घको महासभामा राख्ने र इजरायललाई समान रूपमा व्यबहार गरिने विश्वास दिलाउनुभयो ।

गुटेर्रेसले कतिपय इजरायली अडानमा विमति खाख्ने गरेको भएपनि इजरायल र प्यालेष्टिनीबीच शान्ति कायम गर्न चाहेको आफूले पाएको राष्ट्रपति रिभलिनले बताउनुभयो ।
गुटेर्रेस आइतबार रातीे इजरायलको तेल अभिभमा आउनुभएको र तीन दिन लामो भ्रमणका क्रममा उहाँले इजरायल तथा प्यालेष्टिनीबीचको समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।

गुटेर्रेस इजरायली नेताहरूसँगको भेटपछि रामल्लाहमा गई प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासलाई भेट्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ