भारतले मुख खोल्यो , डोकलामबाट सेना फिर्ता गर्ने समझदारी भएको हो

भारतले मुख खोल्यो , डोकलामबाट सेना फिर्ता गर्ने समझदारी भएको हो

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

 

नयाँ दिल्ली , १२ भदौ । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ ।
महिनौँ लामो विवादपछि दूई देशबीचको कुटनैतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो । तर चीनले डोकलाम चिनियाँ भूमी भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, “हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक स्तरमा छलफल जारी रहेको र कुराकानीका क्रममा हामीले एक आपसी हितकाबारेमा छलफल गरेका छौँ । यसै समझदारीका आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रूत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ ।”
चीनले भने भारतीय सेना डोकलाम सिमानाबाट फिर्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय फौज डोकलाम सीमाक्षेत्रबाट फर्किएको बताएको छ ।
सीमा विवादलाई लिएर गत जुन १६देखि भारत र चीनबीचको सम्वन्धमा तनावको वातावरण देखिएको थियो भने सीमा क्षेत्रमा दुवै देशका सेनालाई तयारी अवस्थामा राखिएको जनाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ