अमेरिकाको टेक्सासमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु, दुई हजारभन्दा बढीको उद्धार

अमेरिकाको टेक्सासमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु, दुई हजारभन्दा बढीको उद्धार

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, भदौ १२ । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भएको छ ।

हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ ।

कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् ।

मानिसहरुलाई सार्वजनिक आश्रयस्थलहरुमा राखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले परिस्थिति कल्पना गरेभन्दा बाहिर पुगेको जनाएको छ ।

२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । विमानस्थल बन्द गरिएको छ ।

१३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधवारसम्मै कायम रहने बताइएको छ ।

२ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आँधीले तटीय क्षेत्र बढी प्रभावित भएको छ ।

सडक, विद्युत्, खानेपानी, टेलिफोन जस्ता अत्यावश्यक सेवाहरु लगभग ठप्प बनेका छन् राज्य सरकारले उद्धारका लागि सम्पूर्ण शक्ति लगाएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ