थाईल्याण्डकी पूर्व प्रधानमन्त्री सिनावात्रा भागेर तेश्रो मुलुक पुगिन्

थाईल्याण्डकी पूर्व प्रधानमन्त्री सिनावात्रा भागेर तेश्रो मुलुक पुगिन्

  • शुक्रबार, भदौ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी , ९ भदौ ।
भ्रष्टाचारको मुद्दा खेपिरहेकी थाईल्याण्डकी पूर्व प्रधानमन्त्री यीन्लक सिनावात्रा भागेर तेश्रो मुलुक पुगेकी छन् ।

अदालतमा आज भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई शुरु हुनु अघि नै उनी भागेर तेश्रो मुलुक पुगेको श्रोतलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उनी गएको मुलुकको नाम भने खुलेको छैन ।

बिरामी भएको भन्दै अदालतमा उपस्थित नभएपछि सिनावात्राविरुद्ध अदालतले पक्राउ आदेश जारी गरेको छ । सो मुद्दामाथिको आगामी सुनुवाई आगामी सेप्टेम्बर २७ लाई सारिएको छ ।

चामलमा दिईने सरकारी सहायता कार्यक्रममा लापरवाही गरी ठूलो रकम हिनामिना गरेको आरोप सिनावात्रामाथि लगाइएको छ । थाई सरकारलाई सो सहायता कार्यक्रमबाट अर्वौ डलर घाटा पुगेको थियो ।

सन् २०११ मा पहिलो महिला प्रधानमन्त्री बनेकी सिनावात्रा सन् २०१५ मा महाअभियोग लागेपछि पदमुक्त भएकी थिईन् ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी यीन्लक सिनावात्राले आफुमाथि राजनितिक षड्यन्त्रका कारण भ्रष्टाचार मुद्धा लगाईएको आरोप लगाउँदै आएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ