दार्जि्लिङमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

दार्जि्लिङमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ , ८ भदौ ।
भारतको पश्चिम वंगाल सरकारले छुट्टै गोर्खाल्यान्डको माग सहित दार्जिसलङमा आन्दोलन गर्दै आएको पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

वंगालबाट अलग्गिएर छुट्टै प्रान्त गोर्खाल्यान्ड मागिरहेका दार्जि्लिङका नेपाली भाषीलाई आन्दोलन चर्किएको करिब ७० दिनपछि राज्य सरकारले वार्ताका लागि बोलाएको हो ।

आगामी २९ अगस्टमा कोलकातामा वार्ता आयोजना गर्ने राज्य सरकारले निर्णय गरेको छ । यद्यपी राज्य सरकारले आह्वान गरेको वार्तामा बस्ने, नबस्नेबारे गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी (जीएमसीसी)ले औपचारिक निर्णय गरिसकेको छैन ।

गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले भने राज्य सरकारले आह्वान गरेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको बताउँदै आएको छ ।

मुख्यमन्त्री ममता वेनर्जीले भने गोर्खाल्यान्ड आन्दोलनका लागि बनेको सर्वदलीय संयन्त्रको एउटा घटक गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्ताका लागि आह्वान गर्नु भएको हो ।

गोजमुमोका प्रवक्ता निरज जिम्वाले गोर्खा जनमुक्ति मोर्चा सहित सबै राजनीतिक शक्तिलाई वार्तामा सहभागी गराइनु पर्ने अडान राखेका छन् ।

गोजमुमोका सहसचिव विनय तामाङले कोलकातामा वार्ता बोलाएर दार्जि्लिङमा शान्ति नहुने भन्दै वार्तामा सहभागी नहुने संकेत गर्नुभएको छ ।

दार्जि्लिङमा नाकाबन्दी जारी नै छ । गोर्खाल्यान्ड आन्दोलनलाई कमजोर पार्ने उद्देश्यका साथ वंगाल सरकारले आन्दोलनमा अग्रमोर्चामा रहेका नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ