अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको अन्त्यमा राजीनामा दिने !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको अन्त्यमा राजीनामा दिने !

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

वासिंटन, भदौ ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको अन्त्यसम्ममा राजीनामा दिने आँकलन उनी निकट एक पत्रकार एवं लेखकले गरेका छन् ।

ट्रम्पका लागि पुस्तक लेखनमा सघाइसकेका पत्रकार एवं लेखक टोनी श्वार्टजले यस वर्षको अन्त्यसम्ममा राष्ट्रपति ट्रम्पले राजीनामा दिने बताएका हुन् ।

उनले १६ र १७ अगस्टमा राष्ट्रपति ट्रम्पको राजीनामाबारे ट्वीट गरेका छन् । एउटा ट्वीटमा उनले भनेका छन्, ‘अर्को वर्ष पनि ट्रम्प राष्ट्रपति रहिरहेमा मलाई आश्चर्य हुनेछ ।’

यसैबीच अमेरिकी सिनेटर बब कार्करले पनि राष्ट्रपतिका रुपमा ट्रम्पको क्षमतामाथि प्रश्न उठाएका छन् । ट्रम्पमा अमेरिकाको नेतृत्व गर्ने क्षमता र संयम नरहेको उनको भनाइ थियो ।

अमेरिकी पूर्व उपराष्ट्रपति अल गोरले प्रष्ट शब्दमै ट्रम्पले राजीनामा दिनु पर्ने बताएका छन् । उनले एक अन्तरवार्तामा भनेका छन्, ‘ट्रम्पलाई मैले एउटामात्रै सल्लाह दिने हो भने निश्चय नै म उनलाई राजीनामाका लागि सल्लाह दिन्छु ।’

पछिल्लो समय उत्तर कोरियासँगको तनाव, रुससँगको सम्बन्ध, इरानसँगको सम्बन्ध लगायतका विभिन्न मुद्दामा ट्रम्पको आलोचना बढ्दै गएको छ । ट्रम्पले आफ्नो प्रशासनमा समेत बारम्बार हेरफेर गर्दै आएका छन् । धेरैले उनलाई अदुरदर्शी नेताका रुपमा लिन थालेका छन् ।

यस्तो अवस्थामा ट्रम्पले पुरा कार्यकाल अमेरिकाको नेतृत्व गर्नेमा आशंका स्वाभाविक रुपमा उब्जिन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ