ह्वाइट हाउसका रणनितिक सल्लाहकार बर्खास्त

ह्वाइट हाउसका रणनितिक सल्लाहकार बर्खास्त

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ३ भदौ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेनन पदबाट बर्खास्त हुनु भएको छ ।

ह्वाइट हाउस प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेनन बर्खास्त भएको पुष्टि गर्नुभएको हो ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले बेननको पदको समीक्षा गरे पश्चात उहाँ बर्खास्तमा पर्नुभएको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका महत्वपूर्ण सहयोगीका रुपमा रहँदै आउनु भएका बेननले चुनावी अभियानको क्रममा ‘अमेरिक फस्र्ट’ स्लोगन तयार पार्नुभएको थियो ।

चुनावी अभियानम ट्रम्पको सहयोगीका रुपमा रहँदै आउनुभएका बेननले ट्रम्पका पछिल्ला केही नियुक्तिमा असन्तोष जनाउँदै आएको र यसले गर्दा उहाँ बर्खास्त भएको विश्लेषण पनि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ