मनिला, २ भदौ । फिलिपिन्सको राजधानी मनिलामा प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ व्यक्ति मारिएका छन् ।
फिलिपिन्स सरकारले लागुऔषधविरुद्ध देशभर जारी राखेको कारबाहीका क्रममा बिहीबार पनि २५ व्यक्ति मारिएका थिए । आज राजधानी मनिलामा जारी कारबाहीको क्रममा अन्य ३९ व्यक्ति मारिएका छन् ।
यद्यपि फिलिपिन्स प्रहरीले राजधानी मनिलामा कैयौँ स्थानमा लागुऔषधविरुद्ध कारबाही भएको पुष्टि गरेको छ । तर यस कारबाहीमा परी भएको हताहतको सङ्ख्या दिइएको छैन ।
गत तीन दिनभित्रमा भएको प्रहरी कारबाहीमा लागुऔषध संदिग्ध ७२ व्यक्ति मारिएका छन् । फिलिपिन्सको उत्तरी प्रान्त बलुचानमा मात्र ३२ व्यक्ति मारिएका थिए ।
फिलिपिन्सको राष्ट्रिय प्रंहरीले दिएको एक तथ्याङ्कअनुसार पं्रहरीले जारी राखेको कारबाहीका क्रममा सन् २०१६ को जुलाईबाट सन् २०१७ जुन २६ सम्म तीन हजार ४५१ जना मारिएका छन् ।
यस कारबाहीका क्रममा अरु करिब ८६ हजार ७०३ जना पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।