आफ्नै काकाबाट बलात्कृत १० वर्षिय बालिकाले शिशु जन्माइन्

आफ्नै काकाबाट बलात्कृत १० वर्षिय बालिकाले शिशु जन्माइन्

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नयाँ दिल्ली | आफ्नौ काकाबाट बलात्कृत १० वर्षिय बालिकाले शिशु जन्माएकी छिन् । भारतमा आफ्नै काकाले बलात्कार गरेर गर्भवती बनेकी उनले यसअघि गर्भपात गराउन दिन उनले दिएको याचिकालाई अदालतले अस्वीकार गरेको थियो ।

विवरणहरुमा जनाइए अनुसार ती बालिकालाई तिनले शिशुलाई जन्म दिंदैछिन् भन्ने जानकारी दिइएको थिएन।

केवल उनको पेटको शल्यक्रिया गरिने उनलाई भनिएको थियो। पेटमा ठूलो ढुंगा रहेकाले ठूलो भएको भनी उनलाई भनिएको थियो। उनले जन्म दिएको शिशुको तौल साढे दुई किलो रहेको छ।

समय अगावै जन्मिएकी उनकी शिशुलाई हाल आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिंदैछ। आमा र बच्चा दुवैको स्वास्थ्य ठिकै रहेको बताइएको छ।

ती शिशुलाई अन्य कसैले धर्मपुत्री बनाइ पाल्न सक्ने ठानिएको छ। बलात्कृत बालिकाकी काकालाई पक्राउ गरिएको छ। बालिकाले ती काकाले गत सात महिनाको अवधिमा आफूलाई पटकपटक बलात्कार गरेको बताइन्। उनी गर्भवती भएको जुलाईको मध्यतिर थाहा भएको थियो।

त्यतिखेर उनले पेट दुखेको भनेपछि अस्पताल लगिएको थियो।

चन्डीगढको एक स्थानीय अदालतले गर्भवती भएको निकै समय भइसकेको र सो अवस्थामा गर्भपतन गर्दा उनको ज्यान जोखिममा पर्ने सक्ने चिकित्सकहरुको राय भएको भन्दै उनलाई गर्भपतनको अनुमति दिएन।

पछि सर्वोच्च अदालतले पनि तिनै कारणहरु देखाएर गर्भपतन गर्न अनुमति दिएन। बीबीसी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ