भारत र पाकिस्तानबीच गोली हानाहान

भारत र पाकिस्तानबीच गोली हानाहान

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

१ भदौ,काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा गोली हानाहान भएको हो ।

श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा रहेको उक्त क्षेत्रमा दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेको बताइएको छ । तर, क्षतिको विवरण भने अाएको छैन । भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् ।

गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो ।

भारतीय सैनिकहरुले फा र पाकिस्तानले एकले अर्काे देशलाई दोषारोपण गर्ने गरेका छन् । आजको घटनामा पनि एकले अर्काेलाई आक्रमणको दोष दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ