रुख ढल्दा किचिएर १३ जनाको मृत्यु

रुख ढल्दा किचिएर १३ जनाको मृत्यु

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, साउन ३२ ।
धार्मिक समारोह भईरहेका बेला रुख ढल्दा किचिएर कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

पोर्चुगलको मडिरा टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन क्याथोलिक पर्वको कार्यक्रमका क्रममा एक्कासी रुख ढल्दा अन्य ४९ जना घाइते भएका छन् ।

हजारौं मानिस जम्मा भएको स्थानमा रुख ढलेको हो । रुख ढल्दा केही सवारी साधनमा पनि क्षति पुगेको छ ।

ढलेको रुख २ सय वर्ष पुरानो भएको बताइएको छ । यसैबीच पोर्चुगलका प्रधानमन्त्री एन्टिनियो कास्टाले घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ ।

गतवर्ष पनि रोमन क्याथोलिक पर्वकै बेला पोर्चुगलको जंगलमा आगलागी भएका कारण पर्व नै स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ