सेना र पूर्व लडाकु तथा ससस्त्र र नेकपाका कार्यकर्ताको संयुत्त टोली जुट्यो सुनसरीका बाढीपिडितको उद्धारमा (फोटो फिचर)

सेना र पूर्व लडाकु तथा ससस्त्र र नेकपाका कार्यकर्ताको संयुत्त टोली जुट्यो सुनसरीका बाढीपिडितको उद्धारमा (फोटो फिचर)

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

सुनसरी , ३१ साउन ।
मुलुकका बिभिन्न स्थानमा केहिदिन अघि परेको अबिरल बर्षापछि आएको बाढी तथा पहिरो पिडितको उद्धार तथा राहत वितरणको कार्य भईरहेको छ ।
यसैक्रममा सुनसरी क्षेत्रमा पनि नेपाली सेना ससस्त्र प्रहरी तथा नेपाल कम्युनिष्ट पार्टीका कार्यकताी तथा पूर्व लडाकुको टिमले संयुक्त रुपमा पिडितको उद्धारमा जुटेका छन् ।
सुनसरीको र मोरडको सिमानामा रहेको बुढीखोलामा आएको बाढिले बिस्थापित लालबस्ती , गैरिगाँउमा संयुक्त रुपमा उद्धारमा जुटेका छन् ।
सेना र पूर्व लडाकु तथा ससस्त्र र नेकपाका कार्यकर्ताको संयुत्त टोली बनाएर पिडितको उद्धार तथा भत्किएको संरचनाको ब्यावस्थापन लगायतका काम गरिरहेका छन् ।
नेकपाका सुनसरी ईन्चार्ज प्रज्वल श्रेष्ठले सुरक्षा निकायको टोलीसँगै आफ्ना कार्यकर्ताहरु पनि बाढी पिडितको उद्धारमा खटिएको जानकारी दिदै पिडितको घरभित्र पसेको लेदो हटाउने , पुरिएका खाध्यान्ह ,लत्ताकपडा ,भाडाकुडा लगायतका सामग्रि निकाल्ने लगायतका कार्य गरिरहेको जानकारी दिए । साथै सुकुम्बासि बस्ति पुननिर्माणको काम पनि भईरहेको उनले बताए ।


ईन्चार्ज प्रज्वल श्रेष्ठको नेतृत्वमा करिब ६० बढी युवाहरु परिचालित छन् । पार्टीका आन्तरिक मिटिघ तथा कार्यहरु स्थगित गरी पिडितको उद्धारमा बिभिन्न टिम बनाएर खटिएको श्रेष्ठले जानकारी दिए ।

बाढी पिडितहरुको अवस्था अत्यन्त दयनिय रहेको भन्दै उनले तत्काल राहत वितरणको कार्य नगरे आफुहरुले पिडितको पक्षमा जनदबाब सिर्जना गर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीले हेलिकोप्टरबाट निरिक्षण गरि मौखिक आश्वासन दिएर हिडेका थिए ।


अहिले बाढी पसेका बस्तीमा हैजाको महामारी फैलन सक्ेन स्थीति आएको छ । उनका अनुसार बाढीले सो ठाउमा मरेका जनावर तथा फोहरका कारण महामारी फैलन सक्ने स्थीति देखिएका छ ।

बाढीको भेलले बगाएर पुरेको सुगुर, बगुरको तथा अन्य जनावरहरुको शव बेलैमा ब्यावस्थापन नहुदा कुहिएर गनाउन थालेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी